हेटौंडा । त्रिपुरासुन्दरी गाउँपालिका–१ स्थित रानिपौवा आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई नेपाली कांग्रेसका नेता, समाजसेवी तथा बीपी चिन्तन प्रतिष्ठान का केन्द्रीय कोषाध्यक्ष ध्रुव बहादुर पाण्डे र समाजसेवी तथा औषधि उद्योगका व्यवस्थापक पवन कुमार झाले करिब १ लाख ५० हजार बराबरका विभिन्न प्रकारका औषधि तथा मेडिकल उपकरण हस्तान्तरण गरेका छन्।
शुक्रबार आयोजित कार्यक्रममा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष भिम प्रसाद भट्टको उपस्थितिमा उक्त सामग्री स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको हो।
स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै दुवै समाजसेवीले आगामी दिनमा पनि सामाजिक तथा स्वास्थ्य क्षेत्रका गतिविधिमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
यसै अवसरमा धार्मिक तथा सामाजिक महत्व बोकेको नृसिंह धामका लागि ५ हजार आर्थिक सहयोगसमेत प्रदान गरिएको जानकारी दिइएको छ।








