एकल महिला समूह बागमती प्रदेशको अध्यक्षमा रुकु अधिकारी

हेटौंडा । मानव अधिकारका लागि महिला, एकल महिला समूह बागमती प्रदेशको अध्यक्षमा रुकु अधिकारी चयन भएकी छन्। ‘एकल महिला, द्वन्द्व प्रभावित महिला तथा सीमान्तकृत महिलाहरूको मानव अधिकारको समसामयिक अवस्था’ विषयक दुईदिने बागमती प्रदेशस्तरीय भेलाबाट अधिकारी अध्यक्ष पदमा चयन भएकी हुन्।
भेलाले उपाध्यक्षमा अर्चना लामा, सचिवमा कल्पना अधिकारी, सहसचिवमा शारदा चौलागाईं तथा कोषाध्यक्षमा सरिता तामाङ साहीलाई चयन गरेको छ।

त्यसैगरी सदस्यहरूमा कमला श्रेष्ठ, दिल लक्ष्मी प्रजापति, प्रमिला सापकोटा, गङ्गा बोगटी, सबिता महर्जन, रुकमणी तिमल्सिना, गोमा शिवाकोटी र मिना बानियाँ चयन भएका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.