जिल्लास्तरीय निबन्ध प्रतियोगितामा आश्रिया दुलाल प्रथम

हेटौंडा । आँचल साहित्य कला पुन्ज मकवानपुरद्वारा आयोजित जिल्लास्तरीय निबन्ध प्रतियोगितामा आश्रिया दुलाल प्रथम भएकी छन्।
हेटौंडा–२ स्थित बालजागृति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत दुलाल प्रतियोगिताका लागि छनोट भएका १२ प्रतिस्पर्धीमध्ये उत्कृष्ट हुँदै प्रथम स्थान हासिल गर्न सफल भएकी हुन्।
शनिबार आयोजित एक कार्यक्रमका बीच उनलाई प्रमाणपत्र तथा नगद पुरस्कारसहित सम्मान गरिएको थियो। प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता थियो।
कार्यक्रममा साहित्यकार, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.