राक्सिराङमा एकल महिला र पुरुषमाथि सामूहिक कुटपिट गरेको आरोपमा ५ पक्राउ

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ मा एकल महिला र एक पुरुषमाथि सामूहिक कुटपिट तथा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–९ खैराङका ४५ वर्षीय होमराज स्याङ्तान, ३३ वर्षीय दिपेश थिङ, ३९ वर्षीय एकराज थिङ, २३ वर्षीया लिला स्याङ्तान र ५५ वर्षीय रामसिं थिङ रहेका छन्।
इलाका प्रहरी कार्यालय मनहरीका अनुसार असार १७ गते साँझ स्थानीय गोराङ्दी खोलामा माछा मारिरहेका बेला उनीहरूले एकल महिला र एक पुरुषलाई नियन्त्रणमा लिएर कुटपिट गर्नुका साथै सार्वजनिक रूपमा अपमानजनक तथा अमानवीय व्यवहार गरेको आरोप छ।
घटनापछि पीडितले इलाका प्रहरी कार्यालय मनहरीमा किटानी जाहेरी दर्ता गराएकी थिइन्। सोही जाहेरीका आधारमा प्रहरीले आरोपितहरूलाई पक्राउ गरेको हो।
प्रहरीले मंगलबार पाँचै जनाविरुद्ध जिल्ला अदालत मकवानपुरबाट आठ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.