हेटौंडामा ओनेरेक्स–१०० एमएलका २७ बोतलसहित एक पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध ओनेरेक्स–१०० एमएलका २७ बोतलसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब ९ बजे लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले हेटौंडा -४ कपुर कम्प्लेक्स अगाडिको भित्री सडकखण्डमा बा.प्र.०३–००६ प ५४०५ नम्बरको स्कुटर रोकी जाँच गरेको थियो।

जाँचका क्रममा स्कुटरको डिक्कीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ओनेरेक्स–१०० एमएलका २७ बोतल बरामद भएको प्रहरीले जनाएको छ। उक्त स्कुटरमा रहेका हेटौंडा–१४ मयुरधाप घर भई हाल हेटौंडा–५ मा डेरा गरी बस्ने २८ वर्षीय कालीबहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बरामद लागुऔषध र स्कुटरसहित बस्नेतलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.