सरकारले प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठलाई नियुक्त गरेको छ ।
सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले काउन्सिलको रिक्त पदमा श्रेष्ठलाई नियुक्त गरेको हो ।
यसअघि वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य काउन्सिलका अध्यक्ष थिए । सरकारले अध्यादेश जारी गरेपछि उनी सहितका सबै पदाधिकारीहरू पदमुक्त भएका थिए ।
सञ्चारमाध्यमहरूको नियमन गर्ने प्रेस काउन्सिल सरकार र सञ्चारमाध्यमबीच समन्वय गर्ने सरकारी निकाय मानिन्छ ।
अनलाइनखबरबाट
प्रतिकृया दिनुहोस्








