सुकुम्बासी बस्तीका बालबालिकाको स्वास्थ्य र शिक्षाको हक सुनिश्चित गर्न सर्वोच्चमा रिट

हेटौंडा ।सुकुम्बासी बस्तीमा बसोबास गर्ने बालबालिकाको स्वास्थ्य, शिक्षा तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।

नेपालको संविधानको धारा १३३ को उपधारा (२) र (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशसहित उपयुक्त आदेश जारी गर्न माग गर्दै बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का तर्फबाट वरुण बस्यालले बिहीबार रिट दायर गरेका हुन्।

रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालयसहित १५ भन्दा बढी सरकारी निकायलाई विपक्षी बनाइएको छ।

निवेदनमा सुकुम्बासी बस्तीका बालबालिकाले संविधानले सुनिश्चित गरेको स्वास्थ्य, शिक्षा तथा बालअधिकार प्रभावकारी रूपमा उपभोग गर्न नसकेको उल्लेख गर्दै राज्यको निष्क्रियताका कारण उनीहरूको मौलिक हक प्रभावित भएको दाबी गरिएको छ।

रिटमार्फत बालबालिकाका लागि आधारभूत स्वास्थ्य सेवा, नियमित शैक्षिक पहुँच तथा सुरक्षित वातावरण सुनिश्चित गर्न सरकारका नाममा आवश्यक आदेश जारी गर्न सर्वोच्च अदालतसँग माग गरिएको छ।

रिट निवेदकका तर्फबाट अधिवक्ताहरू गौरव बराल, सिराज बराल, बिपना शर्मा र विनोद पौडेललगायतले बहस गर्ने जनाइएको छ। सर्वोच्च अदालतले रिटमाथिको प्रारम्भिक सुनुवाइका लागि साउन १८ गतेको पेशी तोकेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.