एमालेमा बागमतीमा सहमति, थपलिया दलको नेता रहने

हेटौंडा । बागमती प्रदेशमा नेकपा एमालेभित्र दलको नेता परिवर्तनको विषयमा सहमति जुटेको छ। स्रोतका अनुसार जगन्नाथ (जेएन) थपलियालाई नै संसदीय दलको नेतामा कायम राख्दै पूर्वस्वास्थ्य मन्त्री किरण थापालाई मुख्यमन्त्रीका रूपमा अघि बढाउने सहमति भएको हो।

सहमति जुटेसँगै थपलियाविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता हुने भएको छ। एमाले संसदीय दलको बैठक केहीबेरमा हेटौंडामा बस्दैछ।

एमाले र नेकपाबीच सरकार गठनको सहमति भए पनि बहुमतका लागि थप दलको समर्थन आवश्यक छ। प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बिहीबार दिउँसो ४ बजेसम्मको समय दिएका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.