हेटौंडा । रसुवामा आएको बाढीपहिरोबाट प्रभावितका लागि सिआन पुनर्स्थापना केन्द्रले ७५ हजार रुपैयाँ बराबरको विभिन्न अति आवश्यक राहत सामग्री हस्तान्तरण गरेको छ।
आइतबार हेटौंडा–१० बुद्धचोकमा आयोजित राहत सामग्री सङ्कलन कार्यक्रममा उपस्थित भएर केन्द्रले सम्बन्धित निकायमार्फत प्रभावितसम्म पुर्याउने गरी सामग्री हस्तान्तरण गरेको हो।
सिआन पुनर्स्थापना केन्द्रका सञ्चालक सौजन डिसीका अनुसार राहत सामग्रीमा थाल, तन्ना, औषधिलगायत विभिन्न अति आवश्यक सामग्री रहेका छन्। करिब ७५ हजार रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको उनले जानकारी दिए।
@
रसुवामा हालै आएको बाढीपहिरोबाट प्रभावित तथा विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले राहत सङ्कलन अभियानमा सहभागी भएको डिसीले बताए।

प्रतिकृया दिनुहोस्







