रसुवा बाढीमा भेटिएका पहिचान नखुलेका शवको विवरण हेटौंडा उपमहानगरमा २४ घण्टा हेर्न मिल्ने

हेटौंडा । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परी विभिन्न स्थानमा फेला परेका तर पहिचान नखुलेका शवहरूको विवरण हेटौंडा उपमहानगरपालिकाको कार्यालयबाट २४ सै घण्टा हेर्न मिल्ने व्यवस्था गरिएको छ।
बाढीपछि सम्पर्कविहीन तथा बेपत्ता रहेका मकवानपुरका नागरिकका परिवार तथा आफन्तलाई शव पहिचान र खोजी कार्यमा सहजीकरण गर्ने उद्देश्यले कार्यालयमा प्रोजेक्टरमार्फत शवहरूको विवरण प्रदर्शन गर्ने व्यवस्था मिलाइएको हो।
हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले बेपत्ता व्यक्तिका परिवार तथा आफन्तलाई आवश्यक सूचना सहज रूपमा उपलब्ध गराउन यस्तो व्यवस्था गरिएको जानकारी दिइन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.