एम्नेस्टीद्वारा हेटौंडामा दीप प्रज्वलन

हेटौंडा । एम्नेस्टी इन्टरनेसनल नेपाल समूह–६७, हेटौंडाको आयोजनामा मानवअधिकारप्रति सम्मान तथा बेपत्ता र हराएका व्यक्तिहरूको सकुशल उद्धारको कामनासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सोमबार बेपत्ता तथा हराएका व्यक्तिहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति ऐक्यबद्धता र समवेदना व्यक्त गरिएको थियो। सहभागीहरूले मानवअधिकारको संरक्षण, पीडितलाई न्याय तथा बेपत्ता व्यक्तिहरूको अवस्थाबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिएका थिए।

अधिवक्ता अप्सरा बस्नेतसहितको सहभागितामा सम्पन्न कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल नेपाल समूह–६७, हेटौंडाका संयोजक प्रलाद घिमिरे, उपसंयोजक आशा ढकाल, सदस्यहरू तथा मानवअधिकारकर्मी र अभियन्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीले मानवअधिकार संरक्षण र न्यायका लागि निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.