अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका गोपालीको मृत्यु

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ बाराहीचौरमा अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका ३० वर्षीय उत्सव गोपालीको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार साँझ करिब ७ बजे घरबाट करिब ५०० मिटर पूर्वमा रहेको सार्वजनिक चौरको उत्तिसको रुखमा अरिङ्गालको गोलो पोल्ने क्रममा गोपाली करिब २० फिट तल खसेका थिए।

रुखबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको थियो। थप उपचारका लागि ललितपुरस्थित पाटन अस्पताल पठाइएका गोपालीको उपचारका क्रममा शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ।

रुखबाट खस्दा उनको टाउकोमा भित्री चोट लागेको र दुवै कानबाट रगत बगेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.