गोठालो गएका वृद्ध राप्ती नदी किनारमा मृत फेला

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–६ जोगीतालस्थित राप्ती नदी किनारमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। मृत्यु हुनेमा स्थानीय ७४ वर्षीय पूर्णबहादुर जिम्बा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिम्बा बुधबार बिहान करिब ११ बजे गाईवस्तु चराउन गोठालो गएका थिए। साँझसम्म घर नफर्किएपछि उनका छोराहरूले खोजी गर्ने क्रममा राति करिब ८ बजे राप्ती नदी किनारमा उनलाई मृत अवस्थामा फेला पारेका हुन्।
प्रहरीका अनुसार मृतकको घरदेखि घटनास्थल करिब दुई किलोमिटर पश्चिममा पर्छ। शवको पोस्टमार्टमपछि बिहीबार आफन्तले बुझेका छन्।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.