प्रेस स्वतन्त्रताको माग गर्दै देशभरका पत्रकार आन्दोलनमा

हेटौँडा । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकारको निर्भयतापूर्वक काम गर्न पाउने अधिकार सुनिश्चित गर्न माग गर्दै देशभरका पत्रकार आन्दोलनमा उत्रिएका छन्।

समाचारको स्रोत खोज्ने नाममा मिडिया हाउसमा प्रवेश गरी हस्तक्षेप गर्ने र पत्रकारलाई पक्राउ गरिएको घटनाको विरोधमा पत्रकारहरूले देशव्यापी आन्दोलन सुरु गरेका हुन्।
पत्रकारहरूले समाचारको स्रोत खोज्ने बहानामा सञ्चारगृहमा प्रवेश गर्ने, सञ्चारमाध्यमको काममा हस्तक्षेप गर्ने तथा पत्रकारलाई पक्राउ गर्ने कार्य प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको भन्दै विरोध जनाएका छन्। उनीहरूले यस्ता गतिविधि तत्काल रोक्न माग गर्दै सामूहिक गिरफ्तारी दिनेसमेत घोषणा गरेका छन्।

आन्दोलनका क्रममा देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना, विरोध प्रदर्शन तथा विभिन्न रचनात्मक कार्यक्रममार्फत सरकारको ध्यानाकर्षण गराइएको छ। पत्रकारहरूले संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सम्मान गर्दै सञ्चारकर्मीलाई कुनै डर, दबाब र हस्तक्षेपबिना समाचार संकलन, लेखन, प्रकाशन तथा प्रसारण गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.