सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता, घर सुनसान, प्रहरी खोजीमा

 गोलन्जोर गाउँपालिका–६, छेत्पा भण्डास विप्पर कट्टेरीमा बसोबास गर्दै आएका उर्मिला हायू परिवारका १६ जना सदस्यहरू एकाएक सम्पर्कविहीन भएका छन्। गाउँपालिकाले सोमबार ती सबै बेपत्ताको नामावली सार्वजनिक गरेको छ।

बेपत्ता हुनेमा घरमुली उर्मिला हायूसहित उनका छोरा, छोरी, बुहारी र नातिनातिनीसमेत छन्। गाउँपालिकाका अनुसार बेपत्ता भएका व्यक्तिहरूको विवरण यसप्रकार छ:

– उर्मिला हायू (घरमुली आमा)

– कमला हायू (जेठी छोरी)

– कोमल माया हायू (माइली बुहारी)

– उषा हायू, सुजता हायू, अस्मिता हायू (छोरीहरू)

– राजु हायू, हिमाल हायू, लाल बहादुर हायू (छोरा)

– वेग बहादुर हायू, लक्ष्मण हायू, सुवर्ण हायू (अन्य छोरा)

– ओम कुमारी हायू, शान्ता हायू (छोरी)

– अर्जुन हायू (नाती)

– रियासा हायू (नातिनी)

गोलन्जोर–६ का वडाध्यक्षका अनुसार परिवार सम्पर्कबिहीन भएको सूचना पाएपछि सम्बन्धित घरमा पुग्दा घर पूर्ण रूपमा लथालिङ्ग अवस्थामा फेला परेको छ। “घरमा मानिसहरू थिए भन्ने कुनै संकेत देखिएन, ढोका बन्द छैन, तर सबै ठाउँ अस्तव्यस्त छ,” वडाध्यक्षले भने।

गाउँपालिकाका अनुसार, गत मंगलबारमात्रै हायू परिवारका सदस्यले हिमालयन बैंक, खुर्कोट शाखाबाट सामाजिक सुरक्षा भत्ता निकालेका थिए। त्यसपछि शुक्रबार वडा कार्यालयमा भत्ता नवीकरणसमेत गरेका थिए। त्यसयता उनीहरू सम्पर्कमा छैनन्।

हाल प्रहरीले विस्तृत खोजी कार्य सुरू गरिसकेको छ भने परिवारको अचानक बेपत्ता भएको विषयले स्थानीयवासी र अधिकारीहरूलाई चिन्तित बनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.