`कोठी’ को यात्रा
कोही बाबुबाटै, केही मायाजालमा

हेटौंडा।११ वर्षीया कान्छी (नाम परिवर्तन) विकट गाउ“की, जो आफ्‌नै बाबुबाट बेचिएर मुम्बईको कोठीमा पुगिन् । विपन्न परिवारकी कान्छी छोरी जसलाई ६ कक्षामा पढ्दापढ्दै बाबुले पैसाको लोभमा दलाललाई सुम्पिदिए ।
कलिलो मस्तिष्कले केही बुझ्ने र जान्ने अवस्था नै थिएन । किसानकी एक छोरीलाई ॅबिजुली सहर’ देखाउने बहानामा बेचियो । कयौं पुरुषमाझ उनलाई गिद्धजस्तै लुछ्न छाडियो । बिजुली सहर देख्ने र धेरै पैसा कमाउने आशमा पछि लागेर आएकी कान्छी कोलकाताको सोनागाछी भनिने ठूलो कोठीमा बेचिइन् । कान्छीको दैनिकी कम्तिमा १५/१६ जना ॅगिद्ध’ हरुको भोकप्यास मेटाउनमै बित्न थाल्यो । जिउँदै मरिरहेकी थिइन् उनी । जबकि, उनलाई केही थाहा नपाएको अवस्था थियो । कान्छी करिब दुई वर्ष कयौं पुरुषको शिकार भइरहिन् ।
रजस्वला नहुने औषधि खुवाउने गरेका कारण उनको पेटमा ठूलो असर परेको थियो । धेरै पैसा पाइने लोभमा परेर कोठीवालाले उनलाई त्यहा“बाट कोलकाताको शान्तिपुर भन्ने ठाउँमा बेचिदिए । जहा“ डेढ वर्ष उनले बाध्यतावश आफ्‌नो शरीर बेचिरहेकी थिइन् । बाबुआमाको काखमा खेल्दै अनि रम्दै अक्षर चिन्ने समयमा उनी कोठीमा डरलाग्दो नारकीय जीवन बिताउन पुगिन् । सहरको सुन्दर होटलमा काम लगाइदिने बहानामा बेचिएकी उनी नारकीय जीवन बिताइरहेकी थिइन् ।
उनी भएको कोठीमा प्रहरी पुगेर नाबालिका कान्छीको उद्घार गर्‍यो । भारतमा आफ्‌नो इच्छाले बस्न चाहे उमेर पुगेकाहरु बस्न पाउँछन् । नाबालिकाको हकमा कोठीमा भेटिएको अवस्थामा नमाने उद्घार गर्ने गरिएको छ । उनको पनि उद्घार गरियो । कान्छीकी दिदी भने हाल पनि कोठीकै अन्धकारमा जेलिएको जीवन बिताइरहेकी छन् । इच्छाविपरीत बेचिए पनि कति महिला त पैसा कमाउँदै गर्दा त्यसलाई आफ्‌नो सम्पूर्ण मानेर पैसाको लोभमा ॅकाम’ गरिरहन्छन् । कान्छीलाई त्यस नारकीय जीवनबाट उद्घार गरियो । भारतीय प्रहरी र नेपाल प्रहरीमा उजुरी दर्ता गरियो । भारतमा नाबालिकाको हकमा उनले क्षतिपूर्ति पाउनेछिन् । आर्थिक विपन्नता, चेतनाको कमी र पैसा कमाउने लालचले कान्छीको जीवन सानै उमेरमा नारकीय हुनपुग्यो । कान्छी हाल सुरक्षितसाथ एक संस्थाको साथमा रहेकी छन् ।
भारतका कोठीमा छापा मार्दा नेपाली टोली आफैं खोजीका लागि सक्रिय हुने गरेको छ । कोठीमा बेचिएकाहरु चाहेर पनि सजिलै फर्कन सक्ने अवस्था हुँदैन । कोठीमा छापा मार्दा उनीहरुलाई च्यानल गेटभित्र थुनेर राख्ने र प्रहरी आउने सूचना पाए सुरुङभित्र लुकाएर राख्ने गरेको पाइएको अनुभव सम्बन्धित उद्धारकर्ता सुनाउँछन् । नेपाली चेली बेचिएका स्थानहरुमा रेकी गरेर चेली भएको सुनिश्चित भएपछि भारतस्थित संघसंस्था र स्थानीय प्रहरीको सहयोगमा छापा मार्ने गरिएको छ । सूचना चुहि“दा कतिपय बेला सोचेजस्तो सफलता हात नपर्ने पनि हुने गरेको छ । सूचना चुहिने जोखिमले स्थानीय प्रहरीभन्दा माथिल्लो तहको प्रहरीसँग छापा मार्ने कार्यका लागि सहयोग लिने गरिएको छ ।
पछिल्लो चरणमा भारतबाहेक काममा लैजाने बहानामा तेस्रो मुलुकमा समेत बेचबिखनमा परी नेपाली चेलीले यातना झेल्नुपरेको जनाइएको छ । दिल्ली, बम्बै, महाराष्ट्र, कोलकता, साउदी अरब, मनिपुर, उडिसा, बंगलादेश, श्रीलंकालगायत ठाउ“मा चेलीबेटी बेचबिखनमा पर्ने गरेका छन् । तिनको ती ठाउँबाट उद्धार पनि गरिएको छ । बेचबिखन र यसको जोखिममा पर्नेहरु अधिकांश कामको खोजीमा हि“डेका महिला पर्ने गरेका छन् । कोठीमा भोगेको नारकीय जीवन सबैले थाहा पाउने भय र कोठी सञ्चालकको धम्कीका कारण कतिपय उद्धारलाई अस्वीकार गर्न खोज्छन् । त्यसैले उनीहरुलाई काउन्सिलिङ, कानुनी उपचार र पुनर्स्थापनामा पनि सहयोग गर्ने गरिएको छ ।
भारतका कोठी तथा खाडी मुलुकबाट उद्धार गरिएका अधिकांश महिलाले नेपालगञ्ज नाका हुँदै गएको बयान दिने गरेका छन् । भारतको कोठीबाट नेपाली चेलीको उद्धार गरेर फर्काउनु कम्ति चुनौतीपूर्ण छैन । बेचिएका र जोखिममा परेका चेली फर्काउन नेपाल र भारतबीच सन्धिसम्झौता छैन । कोठी सञ्चालकको स्थानीय प्रहरीसँग हुने सा“ठगा“ठका कारण उद्धारका लागि पुग्नेहरुलाई असफलता हात लाग्ने र सुरक्षा दृष्टिकोणले पनि जोखिम हुने पनि गरेको छ ।
आफ्‌नै ठाउ“मा दुःखले बाँच्नुभन्दा खाडीमा गएर काम गरेमा पैसा कमाइन्छ भन्ने मानसिकताले दलालको पछि लाग्ने धेरै छन् । घरमा पनि दुःख पाएकै छन्, खाडीमा गए त यहाँ भन्दा के नै दुःख होला र भन्ठानेर दलालको पछि लाग्नेको पनि कमी छैन । त्यसरी अवैध तरिकाले खाडी मुलुकमा जाँदा धेरै महिलाले दुःख पाएका छन् । भारतीय शहरमा बेचिने महिला पनि सामाजिकसञ्जाल र मोबाइल फोनबाट सम्बन्ध जोडिएका धेरै छन् । खाडी जाने र नक्कली प्रेमको फन्दामा देश छाड्न खोज्ने अवोध महिलालाई छेक्न नाकामा प्रहरीसहित मानव बेचबिखनविरुद्ध काम गर्ने संस्थाले काम गरिरहेका छन् । त्यति हुँदाहुँदै पनि महिलालाई नाकाबाट भारत र भारत हुँदै खाडी मुलुक पुर्‍याउने दलाल अझै पनि सक्रिय रहेको प्रहरीको भनाइ छ ।
दलालको राम्रो काम र दामको झुठो आश्वासनमा परेर भारत तथा खाडी मुलुक गएका महिला लामो समय आफन्तको सम्पर्कमा नआएपछि घरपरिवारले मानव बेचबिखनविरुद्ध काम गर्ने संघसंस्था र प्रहरीमा खोजीका लागि निवेदन दिने गरेका छन् । पछिल्लो समयमा दिल्ली महिला आयोग, भारतीय प्रहरी, नेपाली दुतावास, मानव बेचबिखनविरुद्ध काम गर्ने संघसंस्थाले भारतीय कोठीबाट उद्धार गरिएका अधिकांश महिलालाई आफन्त तथा नक्कली मायाजालमा पार्नेले त्यहाँ पुर्‍याएको पाएका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.