हेटौंडा । शुक्रबार दिउँसोदेखि परेको लगातार वर्षापछि मकवानपुरको भीमफेदी गाउँपालिका–१ बागझुरास्थित त्रिभुवन राजपथमा गएको भीषण पहिरोका कारण सडक अवरुद्ध भएको थियो। झन्डै १४ घण्टापछि शनिबार दिउँसो १२ बजे बाटो खुलाइएको छ।
सडक अबरुद्ध हुँदा सयौं सवारीसाधन र हजारौं यात्रु बीच बाटोमै अलपत्र परेका थिए। वरिपरि कुनै पसल वा बासस्थान नभएकाले यात्रुहरू भोकभोकै रात बिताउन बाध्य भए। खासगरी साना बालबालिका, बिरामी र वृद्धवृद्धा विशेष मारमा परेका थिए।
पहिरोले गिटी, बालुवा र भलसहित सडक पूरै ढाकेको थियो। बिहान ६ बजेदेखि जेसिबी प्रयोग गरी पहिरो पन्छाउने कार्य सुरु गरिएको थियो, तर माथिबाट पहिरो खसिरहँदा उद्धार कार्य निकै जोखिमपूर्ण बन्यो। त्यही दौरानमा कतिपय यात्रुहरू डरले भागदौड गर्न थालेका थिए।
काठमाडौंबाट ल्याइएको एक बिरामी तथा दाहसंस्कारका लागि ल्याइएको शवसमेत जाममा परेको थियो। यस्तै, धेरैजसो यात्रुहरु जंगल हुँदै हिँडेर वा नगरपालिका गाडिको सहायताले हेटौंडातर्फ पुगेका थिए। काखमा सुत्केरी बालक बोकेर जोखिमपूर्ण बाटो पार गर्दै यात्रा गर्नुपरेको पीडादायी दृश्य देखिएको थियो।
यात्रुहरू उद्धार गर्न हेटौंडा उपमहानगरपालिकाबाट मेयर मिना लामा, उपमेयर राजेश बानियाँ, नगर प्रहरीसहितको टोली बिहानैदेखि सक्रिय थियो। डोरीको सहारा लिँदै यात्रुहरूलाई सुरक्षित स्थानमा पुर्याइएको थियो। जेसिबीको सहयोगमा खोलाबाट वैकल्पिक बाटोसमेत निर्माण गरिएको थियो।
अलपत्र परेका सयौं यात्रुहरूको उद्धार कार्यमा स्थानीय ट्याक्टरसमेत प्रयोग गरिएको थियो।
एक अलपत्र यात्रु भन्छन्, “सरकारले गतिलो सडक बनाउने नाममा करोडौं खर्च गर्यो तर सुरक्षित सडक बनाउन सकेन। हामी बच्चा बोकेर, भोक प्यासले थला परेर रातभर सडकमा बस्यौं, तर हाम्रो दुःख सुन्ने कोही थिएन।”
सडक खुले पनि लगातार वर्षा जारी रहेकाले पुनः पहिरो खस्ने जोखिम कायमै छ। प्रहरी रातभर यात्रुहरूको सुरक्षाका लागि तैनाथ रहेका थिए।
स्थानीयवासी तथा यात्रुहरूले हरेक वर्ष यस्तो समस्याको सामना गर्नुपर्नुमा सरकारको असक्षम योजना र निर्माण प्रक्रियालाई दोष दिएका छन्। उनीहरूले अब ढिलाइ नगरी स्थायी, सुरक्षित र पहिरो प्रतिरोधी सडक निर्माण गर्न सरकारसँग माग गरेका छन्।
डिएसपी श्यामु अर्यालको अनुसार,” अबिरल वर्षाको कारण बन्द रहेको सडक
मकवानपुरको भीमफेदी गाउँपालिका–१ बागझुरास्थित त्रिभुवन राजपथमा भीषण पहिरो गएको छ । शुक्रबार दिउँसोदेखि परेको लगातार वर्षापछि गएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो । पहिरोले सडक अवरुद्ध भएको झण्डै १४ घण्टापछि शनिबार दिउँसो बाटो खुलाइएको थियो । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र हजारौँ यात्रु बाटोमै अलपत्र परेका थिए । वरिपरि कुनै पसल वा बासस्थान नभएकाले यात्रुहरू भोकभोकै रात बिताउन बाध्य भएका थिए । खासगरी साना बालबालिका, बिरामी र वृद्धवृद्धा विशेष मारमा परेका थिए ।
पहिरोले गिटी, बालुवा र भलसहित सडक पूरै ढाकेको थियो । बिहान ६ बजेदेखि जेसिबी प्रयोग गरी पहिरो पन्छाउने कार्य सुरु गरिएको थियो, तर, माथिबाट पहिरो खसिरहँदा उद्धार कार्य निकै जोखिमपूर्ण बनेको थियो । काठमाडौंबाट ल्याइएको एक बिरामी तथा दाहसंस्कारका लागि ल्याइएको शवसमेत जाममा परेको थियो । यस्तै, धेरैजसो यात्रुहरू जंगल हुँदै हिँडेर वा नगरपालिकाको गाडीको सहायताले हेटौँडातर्फ पुगेका थिए । काखमा सुत्केरी बालक बोकेर जोखिमपूर्ण बाटो पार गर्दै यात्रा गर्नुपरेको पीडादायी दृष्य देखिएको थियो ।
यात्रुहहरू उद्धार गर्न हेटौँडा उपमहानगरपालिकाबाट मेयर मीना लामा, उपमेयर राजेश बानियाँ, नगर प्रहरीसहितको टोली बिहानैदेखि सक्रिय थियो । डोरीको सहारा लिँदै यात्रुहरूलाई सुरक्षित स्थानमा पुर्याइएको थियो । जेसिबीको सहयोगमा खोलाबाट वैकल्पिक बाटोसमेत निर्माण गरिएको थियो । अलपत्र परेका सयौँ यात्रुहरूको उद्धार कार्यमा स्थानीय ट्याक्टरसमेत प्रयोग गरिएको थियो । मकवानपुरमा शुक्रबार परेको वर्षाले मकवानपुर गाउँपालिका-७ सुकौरास्थित कार्की खोलाले बगाएर विनोद बम्जनको ज्यानसमेत गएको थियो ।
यसैबीच, शनिबार दिउँसो ४ बजेदेखि पुन पानी परेपछि पहिरो गएको स्थानमा ढुंगाहरू खस्ने भएकाले काठमाडौंबाट आउने सवारीसाधनलाई भैँसे र हेटौँडाबाट जानेलाई चौकीटोलमा रोकिएको थियो । बाटोमा हिँड्न सक्ने अवस्था नभएको कारण रोकिएको डिएसपी श्यामु अर्यालले जानकारी दिए ।








