बाटो क्रस गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु

मकवानपुर । मकवानपुरगढी गाउँपालिका–५ सिमलटारस्थित बासुदेव मार्गमा भएको मोटरसाइकल दुर्घटनामा एक वृद्धा महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार  ८ गते बिहान करिब ८:३० बजे ज्यामिरे खोलाबाट हेटौंडातर्फ जाँदै गरेको बा ५३ प २४१ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्ने क्रममा स्थानीय ७३ वर्षीया सुकुमाया गोलेलाई ठक्कर दिँदा उनी घाइते भएकी थिइन्।

घटनापछि घाइते गोलेलाई तत्काल उनका छोरा सुकुलाल गोलेले हेटौंडा अस्पताल पुर्‍याएका थिए। टाउको र दाहिने हातमा चोट लागेकी उनको अवस्था मध्यम रहेको जनाइएको थियो।

घटना भएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धादिङ मकवानपुरबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चालक मकवानपुरगढी–६ सामरी निवासी २० वर्षीय समिर घलानलाई नियन्त्रणमा लिएको जनाएको छ।

घाइते गोलेलाई थप उपचारको लागि सोही दिन ११:३५ बजे भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो। त्यहाँ उपचार पश्चात  भदौ ९ गते पुनः मकवानपुर सहकारी अस्पतालमा ल्याइएको थियो।

तर, उपचारको क्रममा भदौ १० गते साँझ ५:०० बजे डाक्टरले उनलाई मृत घोषणा गरेका छन्। हाल शव हेटौंडा अस्पतालमा राखिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.