मनहरी गाउँपालिकाद्वारा काजकिरिया खर्च उपलब्ध

मकवानपुर । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती शुक्रबार मनहरी वडा नं. ३ र ५ का केही घरधुरीमा पुगेर काजकिरिया खर्च हस्तान्तरण गरेका छन्।

गाउँपालिकाले परिवारका सदस्यको निधनपछि विपन्न परिवारलाई राहतस्वरुप उपलब्ध गराउँदै आएको काजकिरिया खर्च वितरण कार्यक्रम अन्तर्गत अध्यक्ष कालाखेतीले प्रतिपरिवार रु २०,००० नगदसहित श्रद्धाञ्जलीपत्र हस्तान्तरण गरेका हुन्।

गाउँपालिकाले दुःखको समयमा जनताको साथमा रहनुपर्ने भावनाका साथ निरन्तर रूपमा यस्तो सहयोग गर्दै आएको जनाइएको छ। अध्यक्ष कालाखेतीले दुखद घडीमा गाउँपालिका पीडित परिवारसँग साथमा रहेको र आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअनुसार सहयोगका कार्यक्रम जारी रहने बताएका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.