सियान लाइफकेयर सेन्टरको वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

हेटौंडा  — सियान लाइफकेयर सेन्टर, हेटौंडा–९ ले स्थापनाको एक वर्ष पूरा भएको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा एचआईभी/एड्स, हेपाटाइटिस, मधुमेह (सुगर), रक्तचाप, क्षयरोग (टीबी) लगायतका रोगहरूको परीक्षण गरिनुका साथै करिब ४० हजार रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको थियो। कुल ६१ जना लाभग्राहीले शिविरबाट सेवा लिएका छन्।

कार्यक्रम  जिल्ला समन्वय समितिका पूर्व कार्यालय प्रमुख रघु खुलालको प्रमुख आतिथ्यता तथा सियान सेन्टरकी निर्देशक तानिया अग्रवालको सभाध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, सुन्दर सुवेदी, सिआनका संचालक सौजन डिसीलगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.