करेन्ट लागेर युवाको मृत्यु

मकवानपुर । मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नं. ३ हात्तिसुडे जितदमारका २४ वर्षीय विजय थिङको करेन्ट लागेर मृत्यु भएको छ।

उनी आफ्ना बुबा लाल बहादुर थिङसँगै माछा मार्न ट्याँउट्याँउ खोलातर्फ गएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। खोलाको छेउमा रहेको विद्युत्को तारमा हुक प्रयोग गरेर माछा मार्ने क्रममा करेन्ट लाग्दा घाइते भएका विजय थिङलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो।

अस्पतालमा अन्दाजी १३:४० बजे भर्ना गरिएका उनलाई उपचारकै क्रममा १३:५० बजे डाक्टरले मृत घोषणा गरेका हुन्। अस्पताल स्रोतका अनुसार मृतकको दाहिने हातको हत्केलामा चोट देखिएको छ, जसबाट करेन्ट लागेको आशंका गरिएको छ।

यस घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.