मकवानपुर । सोमबार साँझ करिब ५ बजेको समयमा मकवानपुर जिल्ला हेटौंडा–१९ बस्तिपुरस्थित भुन्द्रुङतर्फ जाने नयाँ पुल मुनिको राप्ति खोलाको बगरमा एक पुरुषको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृतकको नाम, थर र वतन खुल्न सकेको छैन। उनको अनुमानित उमेर २५ देखि ३० वर्षको बीचमा रहेको बताइएको छ। शव अत्यधिक पुरानो अवस्थामा रहेकाले पहिचान गर्न कठिनाइ भएको र सम्भवत: अन्य ठाउँबाट बगाएर ल्याएको हुन सक्ने आशंका प्रहरीले व्यक्त गरेको छ।
शव चिनिनै नसकिने अवस्थामा रहेकाले प्रहरी प्रशासनले मृतकको पहिचान खुलाउने प्रयासमा आम सर्वसाधारणको सहयोग माग गरेको छ। यदि कसैलाई उक्त व्यक्तिबारे जानकारी भएमा आफ्ना आफन्तजनमा खबर गरिदिन वा प्रहरीमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
प्रतिकृया दिनुहोस्










