हेटौंडा ।हेटौंडा–१ स्थित राप्ती खोलाको किनारमा छठ पर्वको अवसरमा पट्का पट्काउने क्रममा एक बालक घाइते भएका छन्।
घाइते हुनेमा हेटौंडा–१० टिसियन रोडका समसादका १४ वर्षीय छोरा सोगिर साद रहेका छन्। सोमबार साँझ करिब ४ बजेतिर साथीहरू बीच खोलाको किनारमा पट्का खेल्ने क्रममा सादको गोजीमा बलिरहेको पट्का छिरेर खुट्टाको छाला जलेको प्रहरीले जनाएको छ।
घटनापछि पूजा व्यवस्थापन समितिले एम्बुलेन्स बोलाए पनि समयमा नआएपछि प्रहरी वरिष्ठ हवल्दार सीता खत्री र वरिष्ठ हवल्दार सिताराम नेपालले निज सादलाई निजी स्कुटीमा राखी हेटौंडा अस्पताल पुर्याएका थिए। अस्पतालमा उपचारपछि बालकलाई अभिभावकको जिम्मामा लगाइएको प्रहरीले जनाएको छ।
बालक घाइते भइसकेपछि पनि छठघाट वरपर सुरक्षा व्यवस्था खटिएका प्रहरीले पट्का पट्काउने कार्य नियन्त्रण गर्न नसकेको स्थानीयले गुनासो गरेका छन्।
प्रतिकृया दिनुहोस्









