हेटौंडा । सडक बालबालिका व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरलाई भीमफेदी–२ निवासी नवीन रानाको जन्मदिनको अवसरमा स्टेसनरी, खेलकुद सामग्री (नगद ५ हजारबराबरको) र विहानी खाना सेवाका लागि नगद ६ हजार सहयोगस्वरुप उपलब्ध गराइएको छ ।
मामाघरले जन्मदिनको अवसरमा रानाको सुस्वास्थ्य, दीर्घायु र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै मामाघर नेपाल मकवानपुर स“गको सहकार्यका लागि उनको परिवारलाई हार्दिक धन्यबाद व्यक्त गरेको छ ।
प्रतिकृया दिनुहोस्










