हेटौंडामा अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

हेटौंडा । जेसीआई हेटौंडाले ‘जेसीज सप्ताह–२०२५’ कार्यक्रम श्रृंखलाअन्तर्गत पाँचौं चरणमा अन्तर माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगिता संस्थाका सन् २००५ का तत्कालीन अध्यक्ष देवेन्द्रध्वज कार्कीकी दिवंगत आमाको स्मृतिमा आयोजना गरिएको हो ।

हेटौंडा–९ स्थित जेसीआई हेटौंडाको सचिवालयमा सम्पन्न उक्त प्रतियोगितामा मकवानपुर जिल्लाका विभिन्न १५ विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा भुटनदेवी माध्यमिक विद्यालय प्रथम, तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालय द्वितीय र सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालय तृतीय स्थानमा रहेका छन् । विजेता विद्यालयहरूलाई क्रमशः नगद रु. ९ हजार, ६ हजार र ३ हजार सहित प्रमाणपत्र तथा मेडल प्रदान गरिएको जेसीआई हेटौंडाका महासचिव सञ्जय कुमार न्यौपानेले जानकारी दिए ।

कार्यक्रमको सभाध्यक्षता सन् २०२५ का शाखा अध्यक्ष पंकज दास बानियाले गरेका थिए भने जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदीप गिरी प्रमुख अतिथिको रूपमा उपस्थित थिए ।

हाजिरीजवाफ प्रतियोगिताको संयोजन विवेक फुयालले गरेका थिए । सोही श्रृंखलाअन्तर्गत सञ्चालन भइरहेको ‘जेसीज सप्ताह–२०२५’ का मूल संयोजक सन्तोष पराजुली र सह–मूल संयोजक किरण आले रहेका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.