आफूलाई सूर्य नेपालका कर्मचारी भन्दै ठगी गर्ने तीन जना पक्राउ

मकवानपुर । आफूलाई सूर्य नेपाल प्रा.लि. का कर्मचारी भएको भनी विभिन्न व्यापारीहरूलाई सामान खरिद गर्ने वहानामा ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, पक्राउ पर्नेहरूमा पर्सा बिरगंज महानगरपालिका–२४ का २८ वर्षीय राजु सर्राफ, हेटौंडा–१९ का ४० वर्षीय रामराउत कुर्मी, र टेटा–३२ घर भई हाल हेटौंडा–१० टिसनरोडमा डेरा गरी बस्ने ४० वर्षीय नितेश कुमार केशरी रहेका छन्।

उनीहरूले आफूहरू सूर्य नेपाल प्रा.लि. का कर्मचारी भएको भन्दै हेटौंडाका विभिन्न व्यवसायीहरूसँग अनलाइनमार्फत सामानको अर्डर गर्ने, त्यसको भुक्तानीको नक्कली बैंक भौचर ह्वाट्सएप मार्फत पठाउने र त्यसका आधारमा सामान बिरगंजतर्फ पठाउन लगाउने गरेका थिए।

यसै क्रममा, उनीहरूले विभिन्न व्यवसायीहरूलाई झुक्याई कुल रु. १७ लाख ८७ हजार बराबरको सामान ठगी गरेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

ठगी प्रकरणमा अन्य व्यक्तिहरूको संलग्नता छ कि भन्ने विषयमा पनि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.