बिल–बिजक भन्दा फरक सामान लोड भएको ट्रक मकवानपुरमा नियन्त्रणमा

मकवानपुर — जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिल–बिजकमा उल्लेखित वस्तुभन्दा फरक सामान लोड गरिएको शंका लागेपछि एक ट्रकलाई नियन्त्रणमा लिइएको छ।

शनिबार राति करिब १:३० बजे, प्रहरी चौकी भैसेबाट खटिएको टोलीले भिमफेदी गाउँपालिका–२ भैसेस्थित चेकपोस्टमा नियमित चेकजाँचका क्रममा प्रदेश २–०३–००१ ख ३०८२ नम्बरको ट्रक रोकेर जाँच गरेको थियो।

बिरगंजबाट काठमाडौँतर्फ आउँदै गरेको उक्त ट्रकमामा कागजात अनुसार नदेखिएको सामान रहेको शंका लागेको प्रहरीले जनाएको छ।

ट्रक चालक विजय साह (४५ वर्ष), पर्सा जिल्ला, वीरगंज महानगरपालिका–१६, नगवा निवासीलाई नियन्त्रणमा लिइएपछि आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया (बारा) पठाइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.