मकवानपुरमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषधसम्बन्धी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, डाइजेपाम मुद्दामा दोषी ठहर भई २ वर्ष कैद तथा रु. १ लाख जरिवाना सजाय तोकिएका हेटौंडा–११ सुकुम्बासी टोलका ३६ वर्षीय सुरेश महर्जन आइतबार पक्राउ परेका हुन्।

महर्जन मकवानपुर जिल्ला अदालतबाट जारी गरिएको फैसला कार्यान्वयन प्रकृयामा फरार छन् भन्ने सूचनाका आधारमा खोजतलास जारी गरिएको थियो। फरार रहेका उनलाई पक्राउ गरी आवश्यक कानूनी प्रक्रियाका लागि मकवानपुर जिल्ला अदालत  हेटौंडामा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.