मकवानपुर । मकवानपुर प्रहरीले करिब ४ ग्राम ९४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लागुऔषध सहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार साँझ करिब ४:५५ बजेतिर हेटौंडा–१८, ठुलोदमार स्याउली बजारस्थित धरान–चतरा सडकखण्डमा प्रहरी टोलीले बा.प्र.०३–००५ प ३१०१ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा सो लागुऔषध फेला पारेको हो।
पक्राउ पर्नेमा मकवानपुर, बकैया गाउँपालिका–४ छतिवनका ३९ वर्षीय सोमबहादुर थोकर रहेका छन्। शंका लागेर गरिएको खानतलासीका क्रममा उनको साथबाट खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले लागुऔषध तथा मोटरसाइकल दुवै बरामद गरेको छ। पक्राउ परेका थोकरलाई नियन्त्रणमा ली मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद अनुमति लिएर लागुऔषधसम्बन्धी मुद्धामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










