जेन जि आन्दोलनका क्रममा सुनधाराबाट फरार कैदी भुपेन्द्र बस्नेत मकवानपुरमा पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भदौ २४ गते जेन जि आन्दोलनका क्रममा काठमाडौंको केन्द्रिय कारागार, सुनधाराबाट फरार भएका लागुऔषध खैरो हेरोइन सम्बन्धी मुद्दाका कैदी भुपेन्द्र बस्नेत पक्राउ परेका छन्।

थाहा नगरपालिका–९, बस्नेत टोलका ३२ वर्षीय बस्नेतलाई इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले मंसिर २ गते नियन्त्रणमा लिएको हो।

फरार बस्नेतलाई आवश्यक कारबाहीका लागि भिमफेदी कारागारमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.