भीमफेदीमा ५९४ जनाको नि:शुल्क आँखा परीक्षण

मकवानपुर । भीमफेदी गाउँपालिकामा मङ्सिर १ देखि ४ गतेसम्म सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा ५९४ जनाले आँखा परीक्षण गराएका छन् ।

गाउँपालिकाका सबै वडालाई समेटेर गरिएको शिविरमा २५ जनाको गाउँपालिकाको अस्पतालमै प्राविधिक टोली सहित शल्यक्रिया समेत गरिएको गाउँपालिकाले जनाएको छ । बस्तिपुर जेसीज मनहरी र लायन्स क्लब अफ हेटौँडा स्मारकको संयोजनमा सञ्चालन भएको शिविरमा नेपाल नेत्रज्योति संघ अन्तर्गत भरतपुर आँखा अस्पतालले प्राविधिक सहयोग गरेको थियो । मकवानपुर घर भई हाल अमेरिका बस्दै आएका गोपेन्द्र भट्टराई तथा परिवारले शिविरका लागि आर्थिक सहयोग प्रदान गरेका थिए ।

समापन कार्यक्रम भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा उपाध्यक्ष संजीव श्रेष्ठ, भरतपुर आँखा अस्पतालकी प्रमुख डा. पुष्पा गिरी श्रेष्ठ, नेत्रज्योति संघ केन्द्रीय कार्यालय प्रमुख डा. चेतराज पन्त, लायन्स क्लब स्मारकका अध्यक्ष जीवन छत्कुलि, बस्तिपुर जेसीज मनहरीका अध्यक्ष सन्तोष उप्रेती तथा नेपाल जेसीजका पूर्व उपाध्यक्ष सिनेटर तेजप्रसाद उप्रेती (रमेश) लगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो।
कार्यक्रम सञ्चालन गाउँपालिकाका स्वास्थ्य प्रमुख रामनाम थिङले गरेका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.