मकवानपुरमा बोलेरो दुर्घटना, मानवीय क्षति नभएको पुष्टि

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार साँझ करिब ५ बजेको समयमा ईन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी खुर्सानीबारीस्थित भित्री सडकखण्डमा एक बोलेरो गाडी दुर्घटनामा परेको छ।

ललितपुरबाट सिस्नेरीतर्फ गइरहेको बा.प्र.०१–०२८ च ७१९४ नम्बरको बोलेरो गाडी बागमती नदी तर्ने क्रममा नदीमा जमेको फिँज र ढुङ्गामा पछाडिको चक्का चिप्लिएपछि अनियन्त्रित भएर नदीमै पल्टिएको थियो। गाडी पानीमा डुबेको जानकारी शनिबार दिउँसो १२ बजे प्रहरी चौकी सिस्नेरीमा आएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन। तर बोलेरो गाडी भने पानीमा डुबेर क्षतिग्रस्त भएको छ। डुबेको गाडीलाई प्रहरीले निकालेर सडक छेउमा राखेको जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.