हेटौँडामा महिनावारीलाई उत्सवको रूपमा मनाउँदै लैंगिक हिंसा विरुद्ध सन्देश

हेटौँडा । ‘प्रविधिको सही प्रयोग गरौँ: लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ सुरु भएको १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानको प्रथम दिनै हेटौँडा उपमहानगरपालिका–५ की वडा सदस्य रन्जिता सिलवालले आफ्नी छोरीको पहिलो महिनावारीलाई उत्सवका रूपमा मनाउँदै सकारात्मक सन्देश प्रवाह गरेकी छन्।

सामाजिक पहिचान, स्वास्थ्य तथा आत्मविश्वाससँग जोडिएको महिनावारीलाई लुकाएर राख्ने पुरानो परम्परालाई तोड्दै उनले परिवारकै बीचमा खुसीसाथ ‘पहिलो ऋतु’ मनाएको बताइन्।
उनका अनुसार “हिंसा गर्दिन, सहन्न र खुलेर प्रतिकार गर्छु” भन्ने व्यक्तिगत प्रतिबद्धता मात्रै होइन, परिवर्तन आफ्नै घरबाट सुरु हुनुपर्छ भन्ने सन्देश दिँदै यस्तो पहल गरिएको हो।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान भए पनि, यस मुद्दामा ३६५ दिन सक्रिय रहने प्रतिबद्धता सबैको रहेको वडा सदस्य सिलवालले बताइन्।
“हेर्दा साधारण जस्तो लागे पनि, परिवर्तनको सुरु आफ्नै परिवारबाट हुनुपर्छ,” उनले भनिन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.