छ लाख ८८ हजार बराबरको बिल-बिजक भन्दा फरक सामानसहित ट्रक नियन्त्रणमा

मकवानपुर । प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडा–१५, रातोमाटे चेकपोस्ट अगाडि जाँचका क्रममा बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना. ८ ख २७१९ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंसिर १२ गते बिहान करिब ८:३० बजे जाँचबुझ गर्दा ट्रकमा बिल–बिजकमा उल्लेखित सामानभन्दा फरक वस्तु लोड गरिएको शंका लागेपछि ट्रक चालक, हेटौंडा–९ का २४ वर्षीय निशान बिकलाई नियन्त्रणमा लिइएको हो।

उक्त सामानको मूल्य करिब छ लाख अठासी हजार रुपैयाँ बराबर हुने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। चालकलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.