मकवानपुरमा ४८ वर्षीय पुरुष एक्कासी लडी मृत्यु

हेटौंडा । मकवानपुरमा एक पुरुष लडी मृत्यु भएको घटना सार्वजनिक भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार बिहान करिब १० बजे कैलाश गाउँपालिका–५ ठोस्ने घर भई हाल थाहा नगरपालिका–४ ठुलोमार्खुस्थित ज्ञानमाया लामाको घरमा खेतीपाती गर्दै बस्ने ४८ वर्षीय मानबहादुर जिम्बा बसाइकरिरहेको कोठामै एक्कासी लडी बेहोश अवस्थामा फेला परेका थिए।

उक्त घटनाबारे जानकारी शनिबार दिउँसो करिब १ बजे प्रहरी चौकी सिमभन्ज्याङमा आएपछि प्र.स.नि. कृष्ण मोहन प्रसाद गुप्ताको कमाण्डमा प्रहरी टोली खटिएको थियो। टोलीले घटनास्थल सुरक्षित राख्दै प्रारम्भिक आवश्यक प्रक्रिया पूरा गरेको प्रहरीको भनाइ छ।

थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पालुङबाट प्र.नि. रुक्शा बज्राचार्यको कमाण्डमा SOCO सहितको मुचुल्का टोली घटनास्थलमा खटिएको र मुचुल्का लगायतका सम्पूर्ण परीक्षण कार्य सम्पन्न गरी शवलाई पोष्टमार्टमका लागि हेटौडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटना स्थल सिमभन्ज्याङ प्रहरी चौकीबाट करिब ५ किलोमिटर पूर्व तथा इलाका प्रहरी कार्यालय पालुङबाट करिब १८ किलोमिटर दक्षिण–पूर्वतर्फ पर्छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.