राक्सिराङ्ग पलाँसेमा मंसिर कृषि हाटबजार र भर्याङ्गकालिका मेलाको तिव्र तयारी

मकवानपुर । राक्सिराङ  गाउँपालिका–३ पलाँसेमा आगामी मंसिर १६ र १७ गते हुने कृषि हाटबजार तथा भर्याङ्गकालिका मेलाको तयारी तिव्र बनेको छ। स्थानीय उत्पादनको प्रवर्द्धन, बजारिकरण तथा कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो।

मंसिर १६ गते सञ्चालन हुने कृषि हाटबजारमा स्थानीय किसानले उत्पादन गरेका गेडागुडी, तरकारी, स्थानीय जातका पशुपन्छीको मासु, परिकार तथा स्थानीय खानाका विभिन्न स्टल मुख्य आकर्षण रहनेछन्।

यस्तै, मंसिर १७ गते हुने भर्याङ्गकालिका मेलामा चेपाङ, तामाङ र मगर समुदायका मौलिक नृत्य, बाँसुरी, पञ्चेबाजा, खैजडी भजन, टुङ्गना र डम्फु सहितका सांस्कृतिक प्रस्तुति समेटिने तयारी भइरहेको आयोजकले जनाएको छ।

मेलामा सानु के.सी., स्मृति गौतम, रविन कुमार चेपाङ, गिता तामाङ, उद्धव कार्की, लक्ष्मी दर्नाल, गोकुल ढकाल, बल बहादुर वाइबा लगायतका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.