बालज्योतिको विद्यार्थी संगठनको अध्यक्षमा सुदिप ठकुरी चयन 

हेटौंडा । हेटौंडा–५ पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयको पुर्व विद्यार्थी संगठनको अध्यक्षमा सुदिप ठकुरी चयन भएका छन्।

विद्यालयको ५०औँ स्थापना दिवसको अवसरमा शनिबार बसेको भेलाले उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो। ठकुरीको नेतृत्वमा १३ सदस्यीय नयाँ व्यवस्थापन समिति गठन गरिएको छ।

समितिमा उपाध्यक्ष प्रकाश बस्नेत, सचिव विष्णु चौलागाईं, कोषाध्यक्ष निश्चल सुवेदी र सहसचिव कुसुम श्रेष्ठ रहेका छन्। त्यस्तै सदस्यहरूमा शशी दाहाल, राजन न्यौपाने, रचना बज्राचार्य, सुजिना गोले, विवेक अर्याल, होमनाथ बास्तोला, राजेश श्रेष्ठ र चक्र भट्टराई रहेका छन्।

व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र नाथ पोखरेलको संयोजनमा सञ्चालन भएको उक्त भेलाले नयाँ समिति चयन गरेको हो।

अध्यक्षमा चयन भएपछि ठकुरीले विद्यालयको पठन–पाठन र अतिरिक्त क्रियाकलापलाई अझ मजबुत बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

नवनिर्वाचित अध्यक्ष ठकुरी बालज्योति विद्यालयकै कक्षा १ देखि अध्ययन गरी २०५४ सालमा एसएलसी उत्तीर्ण गरेका थिए।

 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.