मकवानपुरमा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

 

मकवानपुर । लागूऔषध सम्बन्धी मुद्दामा अदालतबाट सजाय तोकिएका एक फरार प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुर जिल्ला अदालतबाट ‘ओनेरेक्स’ लागूऔषध मुद्दामा ३ वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी राजकुमार आले मगर (४२) लाई पक्राउ गरिएको हो। उनी मकवानपुरको हेटौंडा–४ बसोबास गर्दै आएका थिए भने हाल हेटौंडा–१, चाइना क्वाटरमा डेरा गरी बसेको प्रहरीले जनाएको छ।

बुधबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अघि बढाइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.