कमाने प्रिमियर लिग सञ्चालनसम्बन्धी महत्वपूर्ण निर्णयहरू

हेटौंडा । कमाने क्रिकेट क्लबले २०८२ साल मंसिर १७ गते बसेको बैठकबाट क्लबका आगामी गतिविधि तथा कमाने प्रिमियर लिग सञ्चालनसम्बन्धी महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। अध्यक्ष किशोर के.सी. (खत्री)को अध्यक्षतामा सम्पन्न बैठकले कमाने प्रिमियर लिग नियम तथा सञ्चालन कार्यविधि लाई औपचारिक रूपमा अनुमोदन गरेको क्लबले जनाएको छ।

क्लबका सचिव बिष्णु दाहालका अनुसार आगामी माघ १३ देखि १७ गतेसम्म कमाने प्रिमियर लिग टी–२० फर्म्याटमा सञ्चालन गरिने भएको छ। खेलाडीसहित क्लबहरूको लिलाम प्रक्रिया पुस १२ गते गरिने जानकारी पनि बैठकले सार्वजनिक गरेको छ।

यसपटक खेलाडीहरूले खेलेको खेलअनुसार पारिश्रमिक पाउने व्यवस्था गरिएकोले प्रतियोगिता अझ आकर्षक र प्रतिस्पर्धात्मक हुने क्लबले बताएको छ। टी–२० फर्म्याटमा खेल हुने भएकाले यो संस्करण पहिलेका संस्करणभन्दा थप रोचक र मनोरञ्जनात्मक हुने आयोजकहरूको अपेक्षा छ।

क्लबले नियमित कार्यसूची चाँडै सार्वजनिक गर्ने तयारी गरेको छ। साथै, क्लबका पदाधिकारीहरूले कमाने क्षेत्रमै क्रिकेटको विकासलाई दीर्घकालीन रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.