हेटौंडा । सेवा, सहयोग र आवाजमा हामी संस्थाको अध्यक्ष विशालराज महतले शुक्रबार आफ्नो जन्मदिनको अवसरमा हेटौंडा–१० स्थित संस्कृत वेद विद्यालयमा रहेका आवासीय बटुकहरूलाई बिहानको भोजन खुवाएका छन्।
विद्यालयका सल्लाहकार सदस्यसमेत रहेका महत र उनकी धर्मपत्नी सावित्री महतले विद्यालय भ्रमण गरी बटुकहरूबाट वैदिक मन्त्रोच्चारणसहित शुभकामना ग्रहण गरे। साथै, जन्मोत्सवको अवसरमा विद्यालय परिसरमा अष्टचिरञ्जीवी पूजन समेत सम्पन्न गरिएको विद्यालयले जनाएको छ।
सामाजिक तथा धार्मिक क्षेत्रमा सक्रिय, ऊर्जाशील र प्रतिष्ठित व्यक्तित्व महतले समुदायप्रति समर्पित रहँदै हरेक वर्ष जन्मदिनमा सामाजिक सेवामूलक कार्यक्रम गर्दै आएका छन्।
प्रतिकृया दिनुहोस्










