मकवानपुरमा पहिलो ‘सिआन पेट क्लब’ संचालनमा, व्यावसायिक कुकुर उत्पादनमा नयाँ सुरुआत

हेटौंडा । मकवानपुर जिल्लामा पहिलोपटक ‘सिआन पेट क्लब’ संचालनमा आएको छ। हेटौंडा–९, लामसुरेहाइटमा शुक्रबार उद्घाटन गरिएको यस क्लबले विभिन्न जातका कुकुरहरु राखी ब्रिडिङमार्फत व्यावसायिक उत्पादन गर्ने लक्ष्य राखेको छ।

जिल्लामा घरपालुवा कुकुरको व्यावसायिक उत्पादन नहुँदा बाहिरबाट कुकुर ल्याउनुपर्ने बाध्यता हटाउन र स्थानीय स्तरमै आत्मनिर्भरताको मार्ग खोल्न नयाँ सोचका साथ यो व्यवसाय सुरु गरिएको क्लबले जनाएको छ।

हाल क्लबमा ४ जातका जोडी कुकुर तथा पप्पी राखिएको छ। आगामी दिनमा घरपालुवा उद्देश्यका साथै अनुसन्धानमै प्रयोग गर्न सकिने थप उत्कृष्ट जातका कुकुर समावेश गरिने क्लबको योजनामा रहेको जानकारी दिइएको छ।

सुरुआतमा सानो क्षेत्रबाट सञ्चालन गरिएको क्लबले आगामी दिनमा व्यवस्थित पेट ब्रिडिङ, होस्टेल तथा केयर सेवा विस्तार गर्ने तयारी पनि गरेको छ।

यसले स्थानीय युवा विदेशिनुपर्ने अवस्थालाई केही हदसम्म रोक्न मद्दत गर्ने विश्वास क्लबका सदस्यहरुले व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.