शिक्षाका लागि राष्ट्रिय अभियान बागमती अध्यक्षमा खतिवडा

हेटौंडा । हेटौंडामा सम्पन्न ‘शिक्षाका लागि राष्ट्रिय अभियान’ बागमती प्रदेश समितिको साधारण सभा तथा अधिवेशनले प्रकाश खतिवडाको अध्यक्षतामा नयाँ ९ सदस्यीय प्रदेशस्तरीय कार्यसमिति चयन गरेको छ। विभिन्न जिल्लाका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न कार्यक्रममा सचिव रामचन्द्र आचार्यले सार्वजनिक शिक्षा सुदृढिकरण, अनिवार्य तथा निःशुल्क गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि संस्थाले सञ्चालन गरेका गतिविधि र वार्षिक प्रगतिबारे प्रस्तुत गरेका थिए।

कोषाध्यक्ष अनिता नेपालीले संस्थाको आय–व्यय प्रतिवेदन प्रस्तुत गर्दै अधिकांश कार्यक्रम सदस्य संस्थाहरूको सहयोगमा सम्पन्न भएकाले खर्च र बजेट मेल नखानु स्वाभाविक रहेको स्पष्ट पारिन्। कार्यक्रममा सदस्य कुमारी वाइबाले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्य र महत्वबारे जानकारी गराइन्।

सभाध्यक्ष खतिवडाले सामाजिक विकास मन्त्रालय तथा स्थानीय पालिकासँग सहकार्य गर्दै सार्वजनिक शिक्षा सुदृढिकरणको पक्षमा संस्थाले निरन्तर काम गर्दै आएको बताए। उनले आगामी कार्ययोजनामा सामाजिक समावेशीकरण, अपांगता अनुकूल शिक्षा, सबैका लागि पहुँच योग्य शिक्षा तथा ‘टिकाउने र बिकाउने’ शिक्षाको पक्षमा नीति पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरे।

नवगठित कार्यसमितिलाई केन्द्रीय कार्यालयका कार्यकारी प्रमुख राम गैरेले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्न समितिले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

निर्वाचनबाट प्रकाश खतिवडा अध्यक्ष, दिलबहादुर रम्तेल उपाध्यक्ष, रामचन्द्र आचार्य सचिव, अनिता नेपाली कोषाध्यक्ष तथा कुमारी वाइबा, बुद्धबिर लामा, लक्ष्मी थापा र शोभा आचार्य सदस्यमा चयन भएका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.