१७ वर्षमा प्रवेशसँगै हेटौंडाको शान्ति अप्टिकल सेन्टरमा विशेष छुट अफर सुरु

हेटौंडा । हेटौंडा–१० स्थित शान्ति अप्टिकल सेन्टर १७ वर्षमा प्रवेश गरेसँगै विशेष छुटसहितको सेवा अभियान सुरु गरेको छ। २०६५ सालमा स्थापना भएको यो अप्टिकल सेन्टरले वार्षिकोत्सवको अवसरमा मंसिर २८ गते आइतबारदेखि शुक्रबारसम्म ‘छुट सेवा सप्ताह’ सञ्चालन गर्ने जनाएको छ।

सञ्चालक सुदिप ठकुरीका अनुसार अफर अवधि भरि सर्वसाधारण ग्राहकलाई २० प्रतिशत र जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट प्रदान गरिनेछ। एक सातासम्म चल्ने यो अफरअन्तर्गत विभिन्न प्रकारका चस्मा, फ्रेम तथा चस्मा सम्बन्धी सेवामा छुट उपलब्ध हुनेछ।

ठकुरीले  सेवा र ग्राहकमैत्री व्यवहारका कारण शान्ति अप्टिकल सेन्टरले स्थानीय क्षेत्रमा विश्वास अर्जन गर्दै आएको बताउँदै वार्षिकोत्सव अवसरमा ग्राहकप्रति आभारस्वरूप छुट अफर ल्याइएको स्पष्ट पारेका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.