राक्सिराङ्ग गाउँपालिकामा आधारभूत तहस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

हेटौंडा । राक्सिराङ्ग गाउँपालिकामा आधारभूत तहस्तरीय हाजिरी जवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन विद्यालयका शिक्षकहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ।

प्रतियोगितामा राष्ट्रिय माध्यमिक विद्यालय राक्सिराङ्ग–६, सिलिङ्गेका शिक्षक कल्पना मरासिनी पोख्रेल, सुनिता थिङ्ग र सरोज थापा प्रथम स्थान हासिल गर्न सफल भएका छन्। उनीहरुले जनही नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन्।

त्यसैगरी, श्री माध्यमिक विद्यालय देविटारका शिक्षकहरु बिनोद यादव, मुना सुनार र जुनु दोङ्ग लामा दोस्रो स्थानमा रहे। उनीहरुले जनही नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन्।

तृतीय स्थानमा श्री थुम्की आधारभूत विद्यालय राक्सिराङ्ग–२ का शिक्षक भुपेन्द्र गौतम, लोकेन्द्र लामा ब्लोन र रचना थापा रहेका छन्। उनीहरुलाई जनही नगद ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ।

गाउँपालिकाको ३० वटा विद्यालयबाट आधारभूत तहमा कार्यरत ९० जना शिक्षकहरुको सहभागिता रहेको शिक्षा शाखा अधिकृत पंकस थारुले जानकारी दिए।

समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत सन्देश मास्के, जिन्सी शाखा प्रमुख रामकृष्ण भट्टराई लगायतले विजयी शिक्षकहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.