रुखबाट लडेर घाइते भएका युवकको अस्पतालमा मृत्यु

 

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार बिहान रुखमा चढेर घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

राक्सिराङ गाउँपालिका–८ टोक्चेराङ घर भई हाल मनहरी गाउँपालिका–७ लामा टोलस्थित काका डिसा लामाको घरमा बस्दै आएका ३५ वर्षीय सुरेश लामा बिहान करिब ८:५० बजे घरबाट अन्दाजी ३ किलोमिटर पश्चिमतर्फ रहेको श्री मनकामना सामुदायिक वनमा घाँस काट्न गएका थिए। साजको रुखमा चढी घाँस काट्ने क्रममा अचानक करिब ३० फिट तल लडेर उनी गम्भीर घाइते भएका थिए।

घटनाको खबर प्राप्त हुनासाथ बिहान १० बजे प्रहरी टोली घटनास्थलमा पुगेको र घाइतेलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। अस्पताल पुर्‍याइएका लामालाई १०:२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको शव हाल हेटौंडा अस्पतालमै रहेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.