बागमती प्रदेशको नयाँ मुख्यन्यायाधिवक्ता अप्सरा बस्नेतको  शपथ ग्रहण

हेटौँडा । बागमती प्रदेशकी नवनियुक्त मुख्यन्यायाधिवक्ता अप्सरा बस्नेतले पद तथा गोपनीयताको शपथ लिएकी छन् । मंगलबार प्रदेश प्रमुखको कार्यालय, हेटौँडामा आयोजित कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले उनलाई शपथ गराएका हुन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपस्थितिमा सम्पन्न समारोहमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, बागमती प्रदेश सभाका उपसभामुख अप्सरा चापागाईँ, प्रदेश सरकारका मन्त्रीहरू तथा अन्य उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो। मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका शर्तसम्बन्धी ऐन, २०७५ को दफा १४ अनुसार बस्नेतले शपथ ग्रहण गरेकी हुन् ।

मुख्यमन्त्री बानियाँको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले आइतबार बस्नेतलाई मुख्यन्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् । मुख्यन्यायाधिवक्ता प्रदेश सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा रहने व्यवस्था छ। उनले प्रदेश सरकारलाई कानुनी विषयमा राय, सल्लाह र निर्देशन दिने, साथै अदालतमा प्रदेश सरकारको तर्फबाट उपस्थित भई प्रतिनिधित्व गर्ने जिम्मेवारी वहन गर्नेछिन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.