अवैध नदिजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न १० टिप्पर र ३ ट्र्याक्टर नियन्त्रणमा

मकवानपुर । अवैध रूपमा नदिजन्य पदार्थ (ढुंगा र बालुवा) उत्खनन, ओसारपसार तथा ओभरलोड गरी सवारी साधन सञ्चालन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले १० वटा टिप्पर र ३ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन एवं ओसारपसार गर्ने तथा ओभरलोड गरी सञ्चालन गरिएका सवारी साधनहरू नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका सवारी साधनका नम्बरहरू यस प्रकार रहेका छन्ः

ना ७ ख ६३९२, बा.प्र.०३-००१ ख १४६५, बा.प्र.०३-००१ ख १४६४, प्र.२-०३-००१ ख ३७८७, बा.प्र.०३-००१ ख ३७०७, बा.प्र.०३-००१ ख ३५७९, बा.प्र.०३-००१ क ०४७१, ना ८ ख ४३२४, बा.प्र.०३-००१ ख १२००, ना ७ ख २६६७, लु ५ त ४०, बा.प्र.०३-००१ त ५० र ना ६ त ११६२।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.