मकवानपुरगढीमा बालमैत्री स्थानीय शासन दिगोपनाका लागि विद्यार्थीलाई संगीत सामग्री वितरण

हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा बालमैत्री स्थानीय शासनको दिगोपनालाई प्रवर्द्धन गर्ने उद्देश्यले आधारभूत विद्यालयका विद्यार्थीहरूका लागि सकारात्मक सोच, नेतृत्व विकास तथा संगीत सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

मकवानपुरगढी गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूको सिर्जनशीलता, आत्मविश्वास र नेतृत्व क्षमता विकासमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको थियो। कार्यक्रमअन्तर्गत मादल, बाँसुरी, गितार, झ्यालीलगायत विभिन्न संगीत सामग्रीहरू विद्यार्थीमार्फत सम्बन्धित विद्यालयहरूलाई हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा ५० जना बालबालिकाको सक्रिय सहभागिता  थियो। शुक्रबार सम्पन्न उक्त कार्यक्रममा गाउँपालिका-  ४ का अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना,मकवानपुरगढी  गाउँपालिका उपप्रमुख मानकुमारी पाख्रीन, सहजकर्ता आशिष दुलाल तथा शिक्षक कमल फुयालको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमका वक्ताहरूले बालमैत्री वातावरण सिर्जना गर्न यस्ता कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिएका थिए। उनीहरूले यस्ता गतिविधिले बालबालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.