हेटौंडा । वडा प्रहरी कार्यालय सानोपोखरा हेटौडाको आयोजनामा नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको छ । वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराको समन्वयमा नागरिक सुनुवाई कार्यक्रमको गरिएको हो । स्थानिय समाजसेवी माधव अधिकारीको सभाध्यक्षतामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक धर्मराज खत्रीले वडा प्रहरी कार्यालयले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गरेको कार्य विवरण प्रस्तुत गरेका थिए भने उनले नागरिकबाट आएको पश्नको जवाफ दिदै वडा प्रहरीक मातहतका क्षेत्रमा पर्ने स्थानको सुरक्षा कायम गर्न कुनै कसुर नराख्ने बताएका थिए ।नागरिक सुनुवाई कार्यक्रममा हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देल, हेटौंडा ५ का वडाअध्यक्ष सुशिल घिमिरे,वडा नम्बर २ का वडासदस्य इन्द्र रिजाल,स्थानिय व्यवसायी,विद्यालयका शिक्षक प्रतिनिधि,टोल विकासका प्रतिनिधिले सुरक्षा चुनौतीका विषय वस्तुका बारेमा वडा प्रहरी प्रमुखको ध्यानकर्षण गराएका थिए।
कार्यक्रममा हेटौंडा ४ का वडा सदस्य गिता त्रिपाठी, ५ नम्बर वडासदस्य राम बहादुर राई,विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, स्थानिय विद्यालयका प्रतिनिधि, व्यवसायी सहित सर्वसाधारणहरुको सहभागिता रहेको थियो । भाडाको घरमा रहेर सेवा दिदै आएको वडा प्रहरी कार्यालय सानोपोखराले विगत २ वर्षदेखी हेटौंडा ४ हुप्राचौर डाटा सेन्टर नजिकै आफ्नै भवनबाट सेवा दिदै आइरहेको छ ।









