सहयोगी मनद्वारा टोल विकास संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण

हेटौंडा। सामाजिक कार्यमा सक्रिय सहयोगी मन नेपालद्वारा हेटौंडा–६ स्थित रक्षादेवी टोल विकास संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।

सहयोगी मन नेपालले २ थान प्रेसर जाँच्ने मेसिन, १ थान थर्मामिटर तथा १ थान अक्सिजन नाप्ने मेसिन टोल विकास संस्थालाई उपलब्ध गराएको हो। उक्त सामग्री सहयोगी मन नेपालका अध्यक्ष केदारप्रसाद चौलागाईले टोल विकास संस्थाका अध्यक्ष केशवप्रसाद कोइरालालाई हस्तान्तरण गरे।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सहयोगी मन नेपालका सल्लाहकार शिवप्रसाद खनालले बताए। स्वास्थ्य सामग्री उपलब्ध भएपछि टोलमा रहेका बिरामीलाई नियमित स्वास्थ्य जाँचमा सहजता हुने टोल विकास संस्था सचिव शम्भु बहादुर रिमालले बताए।

कार्यक्रममा वडा सदस्य मुना विक, निवर्तमान अध्यक्ष अर्जुनप्रसाद चौलागाई, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाहरूको सहभागिता थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.